टिकाराम गुरुङ, मोतिलाल गुरुङ र भविश्वर गुरुङ लगायत अरु साथीभाईहरु बसेर हामि गुरुङ जातिहरुको हितको लागी भनेर समाज स्थापना गर्नु पर्दछ भन्ने भावना लिएर परिकल्पना गरेर संखुवासभा तमु समाज सेवासमितीको नाम जन्माएको छ र त्यसैलाई निरन्तरता दिएर संखुवासभा तमु समाज सेवासमितीको नाम दिएर संस्था रोप्ने काम गरेको छौ र अब यसैलाई अगाडी बढाउने निर्णय गरि समाजको स्थापना गर्ने र दर्ता प्रक्रियामा जाने भन्ने निर्णय गरि समिति गठन गरियो| जसमा संस्थापक अध्यक्ष श्री टिका राम गुरुङ, संस्थापक उपाध्यक्ष श्री मोतिलाल गुरुङ, संस्थापक सचिब श्री भविश्वर गुरुङ, संस्थापक कोषाध्यक्ष श्री बलबीर गुरुङ, साथै संस्थापक सदस्यहरुमा तारा कुमारी गुरुङ, टिका राम गुरुङ(लिंगाम), मनि राज गुरुङ र जित बहादुर गुरुङ रहनु भैई समाज प्रतिको लगाव र एक स्वस्छ सोचको साथ समाज निर्माणको लागी संखुवासभा तमू समाजको बिरुवा रोप्ने गरेका छौ यसको रेखदेख हेरचाह तमाम संखुवासभाली तमूहरुको मताहातमा रहने छ यसको लागी सबै संखुवासभाली गुरुङ समुदायलाई हार्दिक अपिल गर्दछौ, संघ संस्था खोल्नु, दर्ता गर्नु र संस्थापक बन्नु मात्रै यसको उपलब्धी हुनेछैन यस बगैचामा सबै अटाउनु पर्छ सबैले फुल्नु पर्छ सबै झिलिमिली फुलको थुंगा जस्तै लहलह हुन सबैलाई आब्हान गर्न चाहान्छु |यसले निरन्तर मकालुको काख बाट बगेर झरेको कोशी अरुण बरुण नदीहरु जस्तै निश्चल छंगछंग बग्नु पर्दछ र यसैमा सबैलाई सुख र दुखमा बिसाउने घर र चौतारी बन्नु पर्दछ |