
सबै कार्यसमितिको पदाधिकारी ज्युहरु साथै सदस्य ज्युहरुमा नमस्कार छ्यजालो !
यहि आउदो शनिबार २०८२ असार २८ गते शनिबारको दिन ठिक ११ बजे समाजको महत्वपूर्ण एजेन्डाहरु माथी बिशेष छलफल गरि कार्यन्वयनको लागी योजना अगाडी बढाई संस्थाको कामकार्वाही चुस्त दुरुस्त गर्नु पर्ने भएको हुदा तपाईहरु सबैलाई अनिवार्य रुपमा संस्थाको कार्यालय बानेश्वरमा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु |
आउदो कार्यक्रमहरु :-
१) यहि साउन महिनामा संस्थाको बार्षिक साधारणसभा गर्ने
२) अरुण सुसेली छात्रा/छात्रवृति बितरण कार्यक्रम
३) संस्थाको कार्यसमिति रिक्त स्थानमा पदपूर्ति गर्ने
४) संस्थाको खर्च हिसाबकिताब सम्बन्धमा
५) निस्कृय कार्यसमितिलाई छलफलमा राखी अवस्था बुझी मार्गप्रशस्त वा निरन्तरता गराउने
६) विविध सम्बन्धमा
नोट :- सबै पदाधिकारी ज्युहरु र सदस्य ज्यूहरुलाई माथिको एजेण्डाहरुको बारेमा जानकारी रहेको, हार्दिक अनुरोध गर्दछु |
"संस्थाको कार्यक्रमहरु"
(१) २०७८ / ०१/ ०४ गते क्यालेन्डर बिमोचन।
(२) २०७८ / ०२ / १२ गते बौद्ध तीन धाम परिक्रमा।
(३) २०७८ / ०३ / ०५ गते समाजको दिगो बिकाश तथा समाज घर खरिदको आधार बारे छलफल।
( ४) २०७८ / ०४ / ०९ गते संस्थाको साधारण सभा।
(५) २०७८ /०५ / १९ गते स्वस्थ्य शिबिर तथा रक्तदान कार्यक्रम।
(६) २०७८ / ०६ / ०९ संस्थाको दिगो बिकाशको बारे आर्थिक सम्मेलन।
(७) २०७८ / ०७ / १७ गते तिहारको शुभकामना आदान - प्रदान तथा देउशी भैलो।
(८) २०७८ / ०८ / १९ गते देखि २५ गते सम्म समाजको तथ्यांक पुनासंकलन ।
(९) २०७८ / ०९ / १३ गते संस्थाको मुखपत्र अरुण सुसेली बिमोचन तथा ल्होछार पर्बको शुभकामना आदन - प्रदान
(१०) २०७८ / १० / २०, २१ , २२ गते संस्थाको सदस्यहरुको आर्थिक अभिबृधि तथा बेबसायी अभिमुखीकरण तालिम।
(११) २०७८ / ११ / १९ , २० र २१ गते तीन दिने शैक्षिक भ्रमण वा एकदिने बनभोज तथा पदयात्रा कार्यक्रम।
(१२) २०७८ / १२ / २६ गते २०६९ को क्यालेन्डर बिमोचन तथा नया बर्षको शुभकामाना आदान - प्रदान।
"बिभाग संयोजकहरुकोहरु"
कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुको कार्यकाल अबधीभर तोकिए बमिजोमको बिभाग संयोजकमा रहेर काम गर्नु पर्ने निर्णय कार्यसमितिको फुल बैठकले पास गरेको छ।