मकालु बरुण राष्ट्रिय निकुञ्ज नेपालको पुर्बी उतर हिमालयमा पर्ने एक राष्ट्रिय निकुञ्ज हो जुन सगरमाथा राष्ट्रिय निकुञ्जको पूर्वी विस्तारको रूपमा १९९२ मा स्थापित भएको थियो। यो संसारको एकमात्र संरक्षित क्षेत्र हो जसको ऊँचाई उष्णकटिबंधीय वनको साथ साथै ८००० मिटर (२६००० फिट) को उचाईसंगै हिउँले ढाकिएको शिखर रहेको छ। यसले सोलुखुम्बु र संखुवासभा जिल्लाहरुमा १,५०० किलो मिटर स्क्वर (५८० वर्ग मिटर ) को क्षेत्रफल कभर गर्दछ, र ८३०किलो मिटर स्क्वर (३२० वर्ग मिटर) को क्षेत्र संग दक्षिण र दक्षिण पूर्वमा एक बफर क्षेत्र द्वारा घेरिएको छ। मकालु ८४६३ मिटर (२७७६६ फिट) विश्वको पाँचौ अग्लो हिमालमा पर्दछ। चामालान्ग्मा ७३१९ मिटर २४,०१२ फिट)), बरुंचे (७१२९ मिटर (२३,३८९ फुट)) र मेरा ६६५४ मीटर (२१,८३१ फिट) संगै मकालुको अरु धेरै शिखरहरु यस राष्ट्रिय निकुञ्जमा समावेश छन्। संरक्षित क्षेत्र पश्चिम बाट पूर्व सम्म लगभग ६६ किलो मिटर (४१ मिलिमिटर ) र उत्तर बाट दक्षिण सम्म ४४ किलोमिटर (२७ मिलिमिटर ) सम्म फैलिएको छ। ३४४ –३७७ मिटर (१,१२९ –१,२३७ फिटस ) को उचाईमा स्थित अरुण नदी किनार बाट, मकालुको शिखर सम्म उचाई लगभग ८,०२५ मिटर (२६,३२९ फिट) सम्म बढेर गएको छ। राष्ट्रिय निकुञ्ज तिब्बत स्वायत्त क्षेत्रको कोमोलान्ग्मा राष्ट्रीय प्रकृति संरक्षण संग अन्तरराष्ट्रीय साझा सीमाको रुपमा रहेको छ । संरक्षित क्षेत्र पवित्र हिमालयन परिदृश्यको हिस्सा रहेको छ ।