संखुवासभा तमु समाज सेवा समिति काठमाडौंको १७ औ साधारण सभा २०७४ श्रावण २८ गते शनिबार ।।

१७ औ साधारण सभा २०७४ श्रावण २८ गते शनिबार ।।

संस्थाको प्रस्तुत प्रतिबेदन 

आदारणिय अध्यक्ष ज्यु , तमु हयुल छोज धि गुरुङ राष्टिया परिषदबाट आउनु भएका प्रमुख अतिथि ज्यु , भद्रघले सेवा सदनको अध्यक्ष तथा प्रतिनिधि ज्यू , तमु बौद्ध सेवा समितिका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु , तथा अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यहरु , संस्थाका भुतपुर्ब अध्यक्ष ज्युहरु , काठमाडौं उपत्यका गुम्बा तमुसमाज समितिका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, संखुवासभा जिल्ला क्षेत्र नम्बर १ का माननिय तथा रुवस्थय राज्यमन्त्रि श्री तारामान गुरुङ ज्यु, अथिती ज्युहरु , संखुवासभा जिल्लाबाट काठमाडौं आई स्थायी तथा अस्थाई रुपमा बसोबास गर्ने आदिबासी जनजातीका जातिय संस्थाका अध्यक्ष्य तथा प्रतिनिधी , पत्रकार , कलाकार , समाजका सल्लाकार एबंम सदस्य ज्युहरु साथै संखुवासभा तमु समाज सेवा समिति काठमाडौंको १७ औं साधारण सभामा उपस्थित हुनु भएका सम्पुण बुबा आमा, दाजु भाई तथा दिदि बैनिहरुमा हार्दिक अभिबादन ब्यक्त गर्दछु । 

आदारणिय अध्यक्ष ज्यु , बुबा आमा, दाजु भाई तथा दिदि बैनिहरु , नेपालको बदलिदो राजनितिक स्थितीहरुलाई बुझ्न कोसिस गर्ने हो भने हामी नेपाली र हाम्रो देश नेपालले धेरै गौरब योग्य कामहरु गरेर देखाउन सक्ने अबस्थाहरु सृजना भएको छ । चाहेको र राम्रो पर्तिनिधीहरु चुन्ने अबसर पाईसकेका छ भने बाकी बिकासको कामहरुले कसरी गति लिने हो जस्मा हामी जनताहरुको भुमीका के रहन सक्छ आदी बिषयहरुमा हामीहरु आईपुगेको छौ । ईमानदार ब्यतिm, सिक्षित परीवर, स्वाछ सुदर समुदय र सम्बृद्ध नेपालको लागी हाम्रो समुदयहरुको पनि ठुलो भुमिकाहरु रहेको देखिन्छ जसको लागी समाज, समुदयहरुलाई खबदारी गरीरहनको लागी अनुरोध गर्दछु। 

आदारणिय अध्यक्ष ज्यु , उपस्थित सम्पुर्ण सदस्य ज्युहरु , संखुवासभा तमु समाज सेवा समिति काठमाडौं २०५८ सालमा स्थापित भए पस्चात १७ औं बसन्त पार गर्दै आज १८ औं बर्षमा प्रवेश गरेको अबस्था छ । एउटा बिशुद्ध सामाजिक उदेश्य बोकेर जन्म भएको यस समाजले आफ्नो उदेश्य हाशिल गर्न सफल भयो या भएन र पनि आफ्नो कार्य दिशामा कहिलेई डगमगाएको छैन । सामाजिक कार्यलाई अगाडी बढाउदै धर्म, भेष, भुषा भाषा र सस्कृतीको जर्गेणा गर्न लागी रहेको छ । हरेक बर्षको साधरण सभा कार्यक्रममा समाज भित्र रहनुभएका बृद्ध बृद्धा बुबा आमाहरुलाई सम्मान, जिल्ला बासी गुरुङ क्।ी।ऋ र एस ई ई मा उतिर्ण भाई बैहिनीहरु लगायत संघ, सस्था, उद्योग, व्यपार व्यबसायी, समाज सेबिहरुलाई बधाई तथा सम्मान गर्दै आईरहेको छ । सामाजिक संघ संस्थाहरुको माझमा नेतृत्वदायी भुमिकाहरु निर्बाहा गरिरहेको छ । मुल कार्य समितिका साथ साथै उपसमितिहरु जस्मा आमा समुह र युवा समुह पर्दछ । जस्को कारण यस संस्थामा हरेक कामहरु सहज रुपमा गर्न सफल भएको छ । यो सफलताहरुको कारणहरु सबै सल्लाकार ज्युहरुको नेतृत्वा दायी भुमिका, सहयोग र संस्था प्रति सबै सदस्यहरुको जिम्मेवरता रहेको ब्यतm गर्न चाहान्छु । 

उपस्थित महानुभाव ज्युहरु , संसथाको ८ औं अधिबेसनले मनोनित यस कार्यसमितिको अध्यक्षमा श्री तारा कुमारी गुरुङ लगायत १७ जनाको कार्यसमिति रहेको छ । संस्थाको नियमित बैठक बस्ने क्रम्मा अध्यक्षको अध्यक्षातामा बि–भिन्न बिषय बस्तुहरुको छलफल गरी तपसिलको कार्यहरु सफलता पुर्बक सम्पन्न गरीएको जानकारी गराउन चाहान्छु । 

(१) संस्थाको ८ औं अबिधेसन समिक्षा साथै सल्लाकार,आमा समुह र युबा समुह गठन गरीएको छ । संस्थाको प्रमुख सल्लाकारहरुमा श्री अगम ब. गुरुङ , श्री टिकाराम गुरुङ , श्री टिकाराम गुरुङ लिगाम, श्री जयसिता गुरुङ , श्री मोतीलाल गुरुङ , श्री तारामान गुरुङ , श्री परशुराम मेघी गुरुङ , श्री भविश्वर गुरुङ , श्री युवराज गुरुङ , श्री बाल कुमार गुरुङ , श्री बल भद्र गुरुङ , श्री सुनमाया गुरुङ , श्री चन्द्रमाया गुरुङ , श्री पदम कुमारी गुरुङ , श्री नईन्द्र कुमार गुरुङ , श्री मनिराज गुरुङ , श्री चक्र गुरुङ , श्री लक्षीमाया गुरुङ , श्री नारायण गुरुङ , श्री तारावीर गुरुङ , श्री कृष्ण गुरुङ , श्री पुर्ण गुरुङ , श्री मीन बहादुर गुरुङ , श्री हर्क बहादुर गुरुङ रहनु भएको छ । आमा समुह श्री दुर्गीमाया गुरुङ अध्यक्ष सहित ११ कार्यसमिति सदस्यहरु रहेको छ । साथै युवा समुहमा श्री पवन गुरुङको अध्यक्षतामा १५ कार्यसमिति सदस्यहरु रहेको छ । कार्यसमितीहरुकोे नियमित बैठक प्रतेक महिनाको पहिलो सनिबार बस्ने कार्य तालिका रहेको छ । सोही समयमा निबर्तमान अध्यक्ष टिकाराम गुरुङ , कार्यसमिति सदस्य गणेश कुमार गुरुङ , प्रभुराम गुरुङ र आमा समुहको अध्यक्ष पदम कुमारी गुरुङ सदस्य दुर्गा गुरुङ लाई उहाहरुको कार्यकाल सफलताकासाथ सम्पन्न गरी नयां कार्यसमितिहरुलाई कार्यभार हस्तान्तरण गर्नु भएकोमा उच्च सम्मानका साथ धन्यबाद ब्यतm गरीएको छ । 

(२) उपत्यका गुम्बा निर्माण कार्यमा गुम्बा समिति र संखुवा सभा तमु समाज सेवा समितिको मुख्या भुमिका रहेकोमा यस संस्थाले निर्माण कार्य सुरु भए देखि आजसम्म रु ४,७०,०००÷– आर्थिक सहयोग गरेको छ जस्मा आमा समुहको रु १,००,०००÷– एक लाख रुपैया रहेको छ । साथै भौतिक रुपमा ठुलो सहयोग गरीरहेकोे जानकारी ब्यतm गर्न चाहान्छु । उपत्यका गुम्बा निर्माण कार्यमा संखुवा सभा तमु समाजले मुख्य भुमिका निर्भा गरेको हुदा बनिसकेको गुम्बा संरचनाहरु र ब्यबस्थापनमा हाम्रो संस्था संरक्षक भएर रहने छ यसमा गुम्बा समितिहरु पनि जानकार हुनुहुन्छ बुझिदिनको लागी अनुरोध गर्दछु । 

(३) संस्थाको आयोजनामा २०७३ सालको बडा दशैको अबसरमा सबैलाई शुभकामना ब्यतm गर्दै शुभ दिपावली तिहार २०७३ ÷ ०७ ÷ १५ गते गोर्वधन पुजाको दिन संस्थाको कार्यलय प्रागर्णमा एक दिने सामुहिक देउशी भैईलो भव्यरुपमा मनाई शुभकामना आदन प्रदान गरीएको थियो । मुल कार्यसमितिहरुको संमयोजकतामा आमा समुह, युवा समुह , सल्लाकार , कार्य समिति सदस्य तथा कलाकार भाई बैनिहरुको ठुलो सहयोग रहेको र क्रार्यक्रममा उपस्थित हुनु भएका सबै गुरुङ समुदय तथा शुभचिन्तकहरुले देउशी भैलो दान स्वारुप नगत पैसा दिनुभएको थियो जुन पैसा संस्था संचालन साथै सामाजिक कार्यको लागी प्रयोग गर्दै आएको जानकारी गराउन चाहान्छु । संस्थाको बार्षिक रुपमा प्रकाशन हुदै आईरहेका बार्षीक मुखपत्र अरुण सुशेली पत्रिका प्रकाशन सम्योजक श्री कर्ण घले ज्युको सम्योजक्तामा लोछार चाडको अबसरमा प्रकाशित गरिएको छ जसमा नेपाल तथा बिदेशबाट फरक फरक बिज्ञयापन , शुभकामनाहरु दिएबापत लाग्ने दस्तुरबाट सम्पुर्ण लागत खर्च कटाएर बाकी रहेको रु ३५,००० मा संस्थाको थप रकम सहित जम्मा रु ६५,००० को अरुण सुशेली अक्षयकोष खडा गर्ने निर्णय अनुसार प्रकाशन संयोजक श्री कर्ण घलेको संयोजकतामा सदस्यहरु लिला ब. गुरुङ , डम्बर सिंह गुरुङ , जयसिता गुरुङ , आशिस गुरुङ र प्रेम कोरङी गुरुङ रहेको छ । संस्थाको १७ औ मुखपत्र प्रकाशन मुख्य खर्च प्रेम कोरङी गुरुङ मार्फत हङकङबाट प्राप्त भएको हुनाले अरुण सुशेली अक्षयकोष खडा गर्न सहज भएकोमा यहाहरु सबैलाई सल्लाह सुजाब र सहयोगको लागी धन्यबाद ब्यतm गर्दै आगामी कार्यक्रमहरु पनि यसरीनै अगाडी बढाउने जानकारी गर्दछु । यसरीनै संसथाले २०७३ को लोछार कार्यक्रम आफ्नै कार्यलय प्रागणमा आफ्नो जिल्लाबासी गुरुङ समुदय लगायत शुभचिन्तकहरुसंग पौष ०९ गते भब्यरुपमा मनाएको थियो । सोही अबसरमा माननिय तथा नब नियुत स्वस्थय राज्यमन्त्री श्री तारामान गुरुङ ज्यू र माननिय तथा खानेपानी राज्य मन्त्री श्री दिपक खड्का ज्युलाई राज्य मन्त्री हुनु भएकोमा बधाई तथा शुभकामना कार्यक्रमको ब्यबस्था गरीएको जानकारी गर्दछु । लोछार मनाउने क्रममा हरेक बर्षको पुष १५ मा सबै गुरुङ समुदयहरु मिली टुडिखेल्मा एकै ठाउमा झाकी सहित भेला भएर रमाईलो गर्न सहभागी भएको र अरु गुरुङ समुदय, संघ, संस्थाहरुको हरेक कार्यक्रमहरुमा हाम्रो सस्थाबाट प्रतीनिधिहरुले सहभागीता जनाउने गरेको जानकारी गर्दछु । यसरीनै तमु हियुल छोजधी गुरुङ राष्ट्रिय परीषदले गर्ने हरेक कार्यक्रमहरुमा सहभागीता जनाउदै संस्थाको, संखुवासभा जिल्लाबासीहरुको हितको लागी गुरुङहरुको केन्द्रिय स्तरसम्मको सम्बन्ध सहजताको लागी श्री खगेन्द्र मेघी गुरुङलाई केन्द्रिया सदस्यमा मनोनित गराउन सफल भएको जानकारी गर्दछु । 

अध्यक्ष महोदय , सामाजिक संघ सस्था संचालन गर्नको लागी आर्थीक स्रोतको आवसेक्ता पर्दछ । यस संस्थाको स्थापना काल देखिनै सहयोगी दाता ज्युहरुले निश्वर्थ रुपमा निरन्तर सहयोहरु गरीरहनु भएको छ । दाता ज्युहरुको सहयोगहरुले गर्दा आज हामीहरु यहासम्म सजिलैसंग आईरहन सफल भएका छौ । संस्थाको सबै हिसाब किताब मुल समितिको कोषबाट संचालन हुने गरेकोमा उप समितिहरुमा आमा समुह र यवा समुह रहेको र चलयमान हुन सजिलोको लागी छुट्टा छुट्टै कोष रहेको जानकारी गर्दै सहयोगीहरुको भावना र सहयोगलाई उच्चसम्मानका साथ संस्थाको तर्फबाट बधाई तथा धन्यबाद व्यतm गरेको जानकारी गराउन चाहान्छु । 

अध्यक्ष महोदय , यो संस्था सामाजिक सेवाको लागी हो । समय, बस्तुस्थिती र अबस्था अनुसार संस्थाले सहयोग गर्नु पर्ने हुन्छ । त्यसैले आपतकालिन दुःखहरु पर्दा र गरीब बिरामीहरु जिल्लाबाट उपचारको क्रम्मा काठमाडौं आई उपचार खर्चबाट समस्यामा परेकाहरुका लागी हरेक बर्ष यो सस्थाले सहयोग गर्दै आएकोमा यो बर्ष पनि संस्थाले जिल्लाबाट उपचारको लागी काठमाडौं आउनु भएका धेरै बिरामीहरुलाई थोरै भए पनि आर्थीक सहयोग गरेको जानकारी गराउन चाहान्छु । सहयोगको क्रममा संखुवा सभा जिल्ला मकालु गाऊ पालीका माङसिमाका नबिन गुरुङको बिदेशमा दुखद निधन भएकोमा काठमाडौ ल्याई डाहा संस्कारको लागी आथीृक तथा भौतिक सहयोग गरेको, खा.न.पा. ४ निबासी क्यानसरको बिरामी श्रीमती सुनिता गुरुङ , संखुवा सभा सिद्धकालीका गरीब परीवरका भिम ब. गुरुङ , खा.न. पा. ४ को मृगौला पिडित नरेन्द्र कुमार गुरुङ , चिचिला गाउ पालीका ५ माङमायाका क्यानसर पिडित कमला गुरुङ , बागसिदा ५ का बिष्णु माया गुरुङ , लाई अवस्था अनुसार सबैसंग धेर थोर सहयोग संकलन गरी थप रकम सहयोग संस्थाले गरेको छ । उपचारकै क्रममा केही बिरामीहरुको मृतु हुनु गएकोमा समाजले आवसेक भौतीक सहयोग गर्दै उहाहरुको चिर शान्तिको लागी भाबपुर्ण श्रदानजलि अर्पण गर्दै आएको जानकारी गर्न चाहान्छु । यसरीनै Stop global warming को नाराका साथ ग्लोवल वर्मीङ भनेको के हो भनेर विश्वा समुदयहरुको चेतना जगाउन एक महत्वापुण योजनाको साथ संखुवासभा जिल्ला बासी चेलि सुश्री भुमीरा गुरुङले संसारको सर्बोच्च सिखर सगरमाथाको शिखर चुम्न यसै बर्षको मे महिनामा सफल हुनु भएको छ । उहाको यस साहासकि कदमहरुमा संखुवासभा तमु समाज सेवा समिति काठमाडौंले पनि सामाजिक, भौतीक र थोरै भएपनी आर्थीक सहयोग गरी सफल यात्राको शुभकामना सहित बधाई कार्यक्रम गरेको जानकारी गराउन चाहन्छु ।