हामी नेपालको ५९औ आदिवासी जनजातिहरु मध्ये एक हो । जुन अन्नपूर्ण र माछापुछ्रे पर्वत श्रृंखलाको आसपासमा बस्दछ। गुरुङ नाम तिब्बती शब्द 'ग्रोंग ' बाट आएको हो जसको अर्थ किसानहरू हुन्। हामी आफूलाई 'तमु' भन्दछौ। जसको अर्थ तिब्बती भाषामा घोडसवार भनेर भुझिन्छ। हाम्रो पुर्खाहरु अथवा गुरुङहरुको उत्गम थलो कास्की, लम्जुङ्ग , मुस्ताङ्ग, मनाङ्ग, गोर्खा, पर्वत र स्यांग्जा जिल्लालाई मान्दै आएको छ भने आजको दिनमा नेपाल अधिराज्य भरी मात्र होईन सिक्किम, दार्जिलिंग लगायत धेरै ठाउहरुमा बसोबास गरिरहेको पाउन सकिन्छ।
२०११ को जनगणना अनुसार गुरुङको कुल जनसंख्य ५,२२,६४१ छ भने यो बढ्दो क्रममा रहेको छ। हामी(गुरुङ) बोन धर्मका अनुयायीहरू हौ जुन शान्मानिष्टिक र एनिमिक पर्दछ। हाम्रो मौखिक पाठलाई पय भनिन्छ। हाम्रो परम्परागत धार्मिक शास्त्रलाई पाई-ता लु-ता भनेर चिनिन्छ जस्मा हाम्रो परम्परागत इतिहासको मौखिक विवरणहरू समावेश भएको छ ।
हाम्रो पौराणिक कथा अनुसार गुरुङ एउटा घुमन्ते जनजाति थिए जुन मुस्ताङ्गमा प्रवेश गर्नु अघि तिब्बतको पश्चिमतिर यात्रा गर्दथे। उनीहरूको तिब्बती यात्राले ७औं शताब्दीमा त्यहाँ बौद्ध धर्मको शुरूआत भएको बताएको पाईन्छ किनकि गुरुङको धार्मिक परम्परा मूलतः सजिब जिवाबादी (Animistic) छन्।
हामीले मनाउने चाडहरू वोन र बौद्ध धर्म अनुरूपको पूजाहरु, जन्म, मृत्यु र विवाहसँग आधारित हुने गर्दछन्। पश्चिमी तिब्बतको पुरानो क्यालेन्डरका आधारमा पौष १५मा मान्ने ल्होसार(ल्होछार) हामी गुरुङको मुख्य र सबैभन्दा ठूलो पर्व हो। हामीहरूको मुख्य व्यवसाय (भेडा) पशु पाल्ने र शिकार खेल्ने रहेको थियो। त्यो संगै हाल बेलायती सेनामा भर्ती हुने चलन रहेको छ। गोर्खा सिपाहीको रूपमा प्रख्यात छ। जीवनयापनको हिसाबले, हामी गुरुङहरु उच्च भू - भाग र तल्लो भूमिमा विभाजित छौ । उच्च भू - भागमा वसोवास गर्नेहरु अझै पनि प्राकृतिक पुजारी र कृषि जीवनमा धेरै भर पर्ने गरेको पाईन्छ। धार्मिक विश्वास र सांस्कृतिक अभ्यासको हिसाबले तिब्बतीहरूसँग मिल्दोजुल्दो सस्कृति रहेको पाईन्छ। तराईमा बसोबास गर्ने गुरुङहरु हिन्दू धर्मबाट बढी प्रभावित छन। जो तराईको मैदानमा बसाई सरेका छन्। गुरुङहरूको फरक संस्कृति र अभ्यासमा विभिन्न विश्वास प्रणाली, चाडपर्व, जन्म, विवाह, र मृत्युको संस्कारहरू सामेल गर्ने गरेको पाईन्छ ।
गुरुङहरुको आफ्नै मातृभाषा रहेको छ जसलाई "तामुक्वि" भन्दछ। हाम्रो भाषा तिबेटो-बर्मा परिवारसँग सम्बन्धित रहेको पाइन्छ। हाल जम्मा संख्याको ६५% ले मात्र आफ्नो मातृ भाषा बोल्ने गरेको पाईन्छ भने आफ्नो संस्कारलाई जगेर्णा गर्दै पाँच शिलाको आधारमा वोनिजिम बाट बुद्धिजम बढी आस्था राख्न थालेको पाईन्छ। यो शिक्षाको सुधारको कारणले पनि परिबर्तन आउन थालेको हो समय सान्धर्भिक पनि रहेको छ।
जय तमु।।। जय संखुवासभा