भावपूर्ण श्रद्धान्जली !!

पिता अमृत गुरुड. र माता तुलसीमाया गुरुड.को कोखबाट २०३१ साल माघ ०१ गते संखुवा-सभा जिल्ला खांदबारी नगरपालिका वडा नं. ३मा जन्मनु भएका नेपाली सांगितिक क्षेत्रका उदाउदो तारा एवं "वारी जमुना, पारी जमुना" लोक गितका लोकप्रिय गायक एवं संगित कर्मी श्री खेम राज गुरुड. ज्यूको गत २०७३ साल श्रावण ०९ गते उपचारका क्रममा अल्पायुमै भएको दुखद निधनले हामी सम्पूर्ण संखुवा सभावासी एवं तमु समुदायलाई अत्यन्त्यै गहिरो चोट पु-याएको छ । उहांको यस मृत्युले हामी संखुवा सभा वासी र गुरुड. (तमु) समुदाय मात्रै नभई, सम्पूर्ण देश विदेशमा रहनु भएका गित संगित र कलाप्रेमी नेपालीजनमा ठूलो र अपुरणिय क्षती पुगेको छ । हाम्रो आमा समूह तथा तमु युवा समिति सहित सम्पूर्ण हामी संखुवा-सभा तमु समाज परिवार यस दुखद घडीमा उहां प्रति भावपूर्ण श्रद्धान्जली सहित उहांको मृत आत्माको चीर शान्तीको कामना गर्दै परिवारजन र उहांको आफन्तमा धैर्य धारण गर्न सक्ने क्षमता पदान गरोस भनी भगवानसंग प्रार्थना गर्दर्छौ ।

-संखुवा सभा तमु समाज, काठमाण्डौ ।