१२औ महाधिबेशन तथा रजत जयन्ति २०८३ फोटोहरु

रजत जयन्ती तथा १२औँ महाधिवेशनका फोटोहरु (२०५८ देखि २०८३)

संखुवासभा तमु समाज सेवा समिति, काठमाडौंको रजत जयन्ती तथा १२औँ महाधिवेशन भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ यसको निम्ति संस्थाको कार्यसमितिको पदाधिकारीहरु, सदस्यहरु, उपसमितिको सबै सदस्य तथा पदाधिकारीहरु साथै आजीवन सदस्यज्युहरु, संस्थापक पदाधिकारी तथा सदस्यज्युहरु, पुर्व अध्यक्षज्युहरु, सल्लहाकार ज्युहरु साथै सबै महानुभावहरुको उल्लेख्य सहयोग साथले गर्दा यो सबै सम्भब भएको हो यसको लागि हामि सबैको तर्फबाट हार्दिक आभार तथा धन्यबाद ज्ञापन गर्दछौ, यस्तै कार्यक्रमहरु आउने दिनहरुमा पनि यसै गरि मिलेर एक भएर गर्न सकौ भन्दै यस ऐतिहासिक अवसरका केही अविस्मरणीय फोटोहरु यहाँ पोस्ट गरेका छौ।

यो फोटोहरुले संस्थाको २५ वर्षे गौरवपूर्ण यात्रा, संस्थापक तथा अग्रजहरूको योगदान, वर्तमान कार्यसमितिको जिम्मेवारी, सदस्यहरूको एकता तथा तमु समुदायप्रतिको आपसी सद्भाव र समर्पणलाई जीवन्त रूपमा झल्काउँछन्, रजत जयन्तीले संस्थाले विगत २५ वर्षमा हासिल गरेका उपलब्धि र योगदानलाई स्मरण गराउँदै आगामी दिनमा अझ सशक्त, एकताबद्ध र सेवामुखी भएर अघि बढ्ने प्रेरणा दिएको छ। साथै, १२औँ महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि नयाँ ऊर्जा, नयाँ सोच र नयाँ जिम्मेवारी प्रदान गरेको छ।

यो फोटोहरु फोटो मात्र नभई संस्थाको इतिहास, संघर्ष, उपलब्धि, एकता र गौरवपूर्ण यात्राका जीवन्त दस्तावेज हुन्। आगामी पुस्ताका लागि यो स्मरणीय क्षणहरु र प्रेरणाको स्रोत बनिरहने विश्वास लिइएको छ तसर्थ यो फोटोहरु हाम्रो संस्थाको वेव साईटमा पनि राखेको छु तपाईहरुले भविष्यमा यहा गएर हेर्न सक्नु हुनेछ देख्नु हुनेछ

 

धन्यबाद,

भीम कुमार गुरुङ 

महासचिब (२०८० देखि २०८३)

संखुवासभा तमु समाज सेवा समिति, काठमाडौं