
खोटांगे गुरुङ युवा समुह द्वारा आयोजित प्रथम राष्ट्रीय "भेडाकप" फुटबल प्रतियोगिता २०८२ कपन हेन्डबल ग्राउण्डमा सम्पन्न भयो | जसमा संखुवासभा तमु समाज सेवासमिति काठमाडौंको तर्फबाट पनि उत्कृष्ट ए टिम र अर्को बि टिम बनाई खेलमा भाग लिएको थियो जसमा ए टिमले उपविजेताको स्थान हासिल गर्न सफल भएको थियो | नगद रु ५०,०००/- सहित कप मेडल लगायत उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोल कर्ताको उपाधि पनि संखुवासभाले नै हात पार्न सफल भयो|
उक्त खेलमा भाग लिनुहुने खेलाडी भाईहरुको ब्यबस्थापनको लागि हाम्रो सल्लहाकार ज्युहरुबाट खेलाडीहरुलाई सौजन्य स्वरूप धेरै नगद सहयोग उपलब्ध गराईदिनु भएको थियो त्यसको लागि सबैलाई धेरैधेरै धन्यबाद ब्यक्त गर्दछौ र खेलाडीभाईहरुलाई पनि उत्कृष्ट खेल प्रदर्शन गरिदिनु भैई संस्थाको उच्च नाम राखिदिनु भएकोमा खेलाडी भाईहरुलाई धेरैधेरै धन्यबाद ब्यक्त गर्दछौ |
धन्यबाद, संखुवासभा तमु समाज सेवासमिति काठमाडौं |