
"रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न"
संखुवासभा तमु समाज सेवासमिति, काठमाडौंको उपसमिति तथा युवा समितिका अध्यक्ष श्री पूजा गुरुङज्यूको अध्यक्षतामा मिति २०८२ साल चैत्र ०७ गते, शनिबारका दिन संस्थाको कार्यालय देवीनगर–१०, बानेश्वरमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा समाजका सदस्यहरू, शुभेच्छुक महानुभावहरू तथा युवाहरूको उत्साहजनक सहभागितामा १५ पाउण्ड रगत संकलन गर्न सफल भएको जानकारी गराइन्छ।
मानव सेवाको महान कार्यमा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण रक्तदाताहरू, आयोजक समिति, स्वयंसेवकहरू तथा सहयोगी महानुभावहरूप्रति संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
“रक्तदान जीवनदान हो” भन्ने सन्देशलाई आत्मसात गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।
रक्तदानमा सहभागिता हुनुहुने दाताहरुलाई बिशेष धन्यबाद ज्ञापन गर्दछौ |
१) मनिराज गुरुङ २) रबिन गुरुङ ३) अमृत गुरुङ ४) बिबेक गुरुङ ५) सकिल घले ६) निशान्त बस्नेत ७) प्रकाश गुरुङ ८) आर्टिस गुरुङ ९) डिल्ली बहादुर गुरुङ १०) बाबुराम गुरुङ ११) पुजा गुरुङ १२) सुदर्शन गुरुङ १३) प्रदिप मगर १४) दुरपता गुरुङ १५) कोपिला घले गुरुङ
धन्यवाद।
भिम गुरुङ
महासचिब
संखुवासभा तमु समाज सेवासमिति, काठमाडौं