समाजको बारेमा

संखुवासभा तमू समाज सेवा समिति काठमाडौँको स्थापना बिक्रम सम्बत २०५८ साल श्रावण ९ गते भएको हो, काठमाडौँमा आई अस्थाई तथा स्थाई रुपमा बसोबास गर्न थालेका जिल्ला बासी गुरुङहरु त्यती ठुलो संख्यामा थिएन त्यस ताका। दोहोरो सम्बाद गर्नको लागी चिट्ठी , मौखिक समाचार, आवा तथा प्रतक्ष भेटघाट मार्फत हुने गर्दथियो।   काठमाडौँलाई नेपाल भनेर चिन्ने दुर्गम जिल्ला बासीहरु मध्ये संखुवासभा जिल्लाको मनिसहरु पनी पर्दथियो। आकलझुकल ठुल्ठुला मुद्धा मामिलाको लागी सर्बोच अदालत आउने बाहेक स्वस्थ्य उपचारको लागी पनि  आउने गर्दैन थियो। समय क्रम संगसंगै अहिले काठमाडौँमा आई बाहिरी जिल्लाको मानिसहरुको बसोबास गर्ने ठुलो संख्या रहेको छ।  हावाइ उडान र यातायातको सहजताले गर्दा सजिलै आउन जान सकिने भएको हुदा साथै अध्यन , व्यपार, रोजगारी, स्वस्थ्य उपचार, सहज प्राकृतिक मौसम आदिको कारण सबैले काठमाडौँलाई मुख्या रुपमा हेर्न थाले पश्चात धेरै मानिसहरुको बसोबास काठमाडौँमा हुन थालेको हो। यसरीनै पछिल्लो समयमा बैदेशिक रोजगारको व्यापक वृद्धि पश्चात काठमाडौँ लगायत ठुलाठुला शहरहरुमा  दिनानु दिन भारी रुपमा भरी भराउ हुदै गैरहेको छन् । २०८५ साल भन्दा पहिले जिल्लाबाट काठमाडौँ आई बसोबास गर्नेहरुलाई सारो, गाह्रो पर्दा  चिनेको, जानेको कोही नहुदा पाएको दु:खको अनुभबी पात्रहरुले नया सन्ततिहरुलाई त्यस किसिमको अफ्ठ्यारो नपरोस भनि संस्था स्थापना गर्न पहल गर्नु भए पश्चात यस संस्था संखुवासभा तमु समाज सेवासमीती काठमाडौँ संचालनमा रहेको छ र अवस्था अनुसार सबैको दु:ख सु:खको साहारा बन्दै आएको छ।

२०५८ साल भन्दा पहिले साहाराको रुपमा कोही पनि नपाउने अवस्थाले यो समाज स्थापना पश्चात आफ्नो समुदाय भित्रको सदस्यहरुको हितको लागी निरन्तर काम गर्दै आएको छ। हिजोको समयमा केहि सिमित संख्यमा रहेको जिल्लावासी गुरुङ समुदायहरुको संख्या बढ्दै आएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर तिन वटै जिल्लामा छरिएर रहेको गुरुङहरुलाई गोलबद्ध रुपमा समेट्न यस संस्थाको ठुलो भूमिका रहको छ। संख्याको आधारमा समाज घरको व्यावास्थापन गर्नु अबको दिगो बिकाशको आधार तयार पर्नु हो। यो बिसाल सोच र मन भएको सबै गुरुङहरुको साझा प्रश्न रहने छ। अस्थाई तथा स्थाई ठेगानाहरुको विवरण ब्यवस्थापनमा लागी परिरहेको यस संस्थाका संचालक समितिले सबै विवरण तर्जुमा गरिसकेका छन् । समाजलाई आवश्यकता अनुसार स्कुल, सहकारी, सामुदायिक भवन, गुम्बा निर्माण जस्ता कार्यहरुमा लागेको यस समाज केहि शिर्षकहरुमा फेल भएको पाईएता पनि त्यसैका जगबाट प्राप्त शिक्षाको आधारमा अहिले राम्रो कामको लागी मात्र अगाडी बढ्ने गरेका छन्। आजको आवश्यकतालाई  ध्यानमा राखी काठमाडौँ उपत्यका भित्र राम्रो आय आम्दानीको रुपमा सबैलाई मान्य हुने स्थानमा समाज घर खरिद तथा जग्गा खरिद गरी भवन निर्माणमा लाग्न मुख्य बिषय रहेको छ। २० बर्ष भन्दा माथी लागी सकेको यस संस्था संचालनमा कुन समय को को कार्य समितिमा रहेर काम गरेको थियो र के कस्ता कामहरु गर्नु भएको रहेछ वर्तमान कार्य समीतिले सबै रेकर्ड राख्ने कामहरु भईरहेको छ। हामी सबैको यस संस्था हामी सबैले मिलेर संचालन गर्ने हो। यो सबैको साझा संस्था हो सबैले मिलेर बनाऊ।  

जय गुरुङ,  जय संखुवासभा