२४औ बार्षिक साधारणसभा २०८१, भब्य रुपमा सम्पन्न भयो |

               २४औ साधारण सभा २०८१ श्रावण २६ गते शनिबार ।।

                         संस्थाको प्रस्तुत प्रतिबेदन
आदरणीय संखुवासभाली तमू दाजुभाई तथा दिदीबहिनीहरुमा छ्यजालो नमस्कार !
हाम्रो यस २४औ बार्षिक साधारण सभा २०८१को सुखद उपलक्ष्यमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु सुस्वास्थ्य,समृद्धि, दिर्घायु सहित उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना टक्र्याउदछु ।
यसपालिको २४औ बार्षिक साधारण सभा श्री बाल कुमार गुरुङ ज्युको प्रमुख आतिथि साथै संस्थाको अध्यक्ष श्री दुर्गीमाया गुरुङ ज्युको अध्यक्षतामा र संखुवासभाली तमुहरुको बिशेष उपस्थितिमा हामीले यस कार्यक्रम गर्न गईरहेका छौ ।
संस्थाले गर्नु पर्ने क्यालेन्डर कार्यक्रमहरु संस्था नवीकरण, देउसीभैलो, ल्होसार साथै बिरामीलाई सहयोग कार्यक्रमहरु निरन्तरताका साथ गरियौ, त्यसैले अहिले आएर हामीले बिशेष योजना “हाम्रो घर“ “समाज घर“को महाअभियान लिएर आएका छौ यो एउटा आफैमा गौरव अनि कठिन काम छ, त्यसैले यो मेघा योजनालाई सफल बनाउन सबैले, सबै ठाउबाट आर्थिक, भौतिक, नैतिक समर्थन सहित हातमाहात मिलाई एकै ठाउमा उभिएर साथ् हौसला दिन सबैमा हार्दिक अनुरोध गर्दछु  ।
यसमा के कति प्रगति भए र कहाँ पुग्यो भन्ने सम्बन्धमा हामीले यस महाअभियान सम्पन्न गर्न र गराउनको लागि आर्थिक महाअभियान समिति गठन गरेर र उक्त समितिको रोहबरमा अहिले पहिलो चरणमा कार्यविधि सहितको अनुरोध पत्र घरदैलोमा पुगेर देश बिदेशमा एकै साथ् वितरण शुरु गरियो, नेपालमा हामीले अनुमानित ४ सय देखि ४ सय पचास पत्र वितरण गरि सक्यौ, बिदेशमा विदेश बिभाग संयोजक ज्यु क्षेत्रीय सदस्यज्युहरुको समन्वयमा निरन्तर वितरणको कार्य भईरहेको छ र हामीले घरदैलो कार्यक्रम र बनभोज कार्यक्रममा हाम्रो मनका धनि समाजसेवी ज्युहरु बाट जम्मा रु २,२१,५४,७५३ दुई करोड एक्काईस लाख चवन्न हजार सातसय त्रिपन्न रुपया दिई सक्नु भएको छ, यसमा आजीवन सदस्यको अवधारणा अन्तर्गत हामीले आज सम्ममा १०० सय जना भन्दा बढीले आजीवन सदस्य लिइसकेको छ यो आजीवन सदस्य संस्थाको एउटा आधिकारिक आधार रहेको सबैलाई जानकारी गराउदै, हामीले लगभग पत्र वितरणको कार्य ४ सय देखि ४ सय पचास वितरण गरि सक्दा धेरै भन्दा धेरैले आजीवन सदस्य लिने पक्का भएको हामीले पाएका छौ र यो अनिवार्य रहेको जानाकारी गराउदछु, अब संस्था भए पछी संस्थाको नियम, कानुन परिधिलाई अलि व्यावहारिक बनाउदै लैजानु पर्ने भएको हुदा सदस्यज्युहरुले यो कुरा बुझी चाडै सबै जना आजीवन सदस्य बनिदिनु होला, किनभने आजीवन सदस्य हाम्रो संस्थाको आधार हो अब देखि हामीले आजीवन सदस्य लिनु भएको छैन भने वहाहरुले संस्था बाट कुनै किसिमको सहयोग लिन र संस्थामा कार्यसमितिको सदस्य बन्न समेत नसक्ने निर्णय पारित गर्नलाई आजको यस साधारण सभाले पास गराउने हाम्रो निर्णय रहेको जानकारी गराउन चाहान्छु, त्यसैले अनिवार्य रुपमा सबैलाई आजीवन सदस्य लिन हुन अनुरोध छ्र ।
  र अर्को खुशीको कुरा के बाड्न चाहान्छु भने गत बर्षको ल्होसार कार्यक्रम बाट हामीले हाम्रो राष्ट्रीय पर्व ल्होसार पर्वलाई सदावहार रमाउन, मनाउनको लागि एउटा छुट्टै योजना ल्याएका छौ जस अन्तर्गत हामीले रु १०१५०० रु एक लाख पन्ध्र सय रुपया हामीले ल्होसार फन्ड नाम गरेर हाम्रो दाताहरु बाट आएको सहयोग रकमलाई बचत गरेका छौ जसले हाम्रो पर्व मनाउन हामीलाई सहयोग मिल्ने छ र यस पर्वलाई सदासदा निरन्तरता  दिएर प्रमुख चाडपर्वको रुपमा पुर्याउने हाम्रो उद्देश्य अनुरुप यसकार्यलाई अगाडी लैजानको लागि यो फन्ड संचालनमा ल्याएका छौ र हामीले अरुण सुसेली प्रकाशन बाट पनि रु ५९,००० उनन्साठी हजार फाईदामा राख्न सफल भएको यहाहरु सबैमा बडो गौरवको साथ जानकारी गराउदछु ।
साथै अर्को अरुण सुसेली अक्षयकोष बाट वितरण गर्ने गरिब तथा जेहेन्दार छात्रवृतिको बारेमा पनि हामीले हरेक बर्ष वितरण गर्दै आईरहेको अरुण सुसेली अक्षयकोष अन्तर्गत हाम्रो दाताहरु ।
१) स्व. श्री कर्ण घले अक्षयकोष रु १००,०००
२) स्वः श्री रंगलाल गुरुङ अक्षयकोष रु १५०,०००
३) स्व. श्री धर्म गुरुङ तथा स्व. चन्द्र गुरुङ अक्षयकोष रु १००,५००
४) संस्थाको तर्फ बाट रु १००,०००
जम्मा ४,५०,५०० अक्षयकोष संचालनमा रहेको छ ।
यस बाट प्राप्त रकमको ब्याज बाट घटीमा दुई जनालाई गाउबाट एस ई ई पास गरि काठमाडौं आई ११÷१२ मा अध्यापन गरिरहेकोहरुले वहाहरुको पारिवारिक विवरण सहित निवेदन दिन सक्ने छ र सो को आधारमा संस्थाको समितिले हेरिबुझी निर्णय गरेर वितरण गर्ने छ यो हरेक बर्ष हामीले गर्दै आईरहेका छौ ।
साथै आजीवन सदस्यको पनि हामीले छुट्टै खाता संचालनमा ल्याएका छौ जसको रकम जम्मा रु ३८९,८११ तिन लाख उनान्नब्बे हजार आठ सय एघार छ र अरुण सुसेली अक्षयकोषमा जम्मा रु ४५०,५०० चार लाख पचास हजार पाचसय छ यसको पनि आफ्नै खाता संचालन छ भने बाकि समाजको रकम गरेर यस बाणिज्य बैंकमा तिन वटा खाता संचलानमा रहेको र उक्त खाताहरु १ बर्षको लागि बन्दमा राखेका छौ र जम्मा रु १९,९१००० उन्नाइस लाख एकानब्बे हजार उक्त बन्द खातामा जम्मा गरेका छौ साथै यस बाणिज्य बैंकको बचत खातामा रु १,९७,०००  एक लाख सात हजार रहेको छ यो स्टेटमेन्टमा हेर्न सकिन्छ, साथै अर्को बचत खाता सानिमा बैंकमा रु ८४,५५३ रहेको छ, साथै हामीले संस्था नवीकरण चुस्त दुरुस्त राखेका छौ साथै समाजको वेबसाइटलाई राम्रो व्यवस्थित पारेर हाम्रो सबै अध्ययहरु त्यहि हेर्न सकिन्छ ।

 

  संखुवासभा तमु समाज सेवासमितिको २४औ बार्षिक साधाराणसभा भब्य र सभ्य  रुपमा सु-सम्पन्न भएको छ |
      
       भीम गुरुङ 
       महासचिब 
                                                                                                                                    धन्यबाद “जै संखुवासभा जै तमू“ !!!