सुचनाको आधार

संखुवासभा तमु समाज सेवासमिति काठमाडौँ २०५८ सालमा जिल्ला प्रशासन कार्यलय काठमाडौँमा दर्ता भएको संस्था हो। त्यस पश्चात निरन्तर रुपमा काठमाडौँ आई अस्थायी तथा स्थायी रुपमा बसोवास गरिरहनु भएका जिल्लाबासी सम्पूर्ण गुरुङ्हरुको उल्लेखनिय साथ र सहयोगले अघि बढिरहेको सवैले महशुस गरिरहेका छन् | समय र परिस्थितिले गर्दा सुरु भएको संस्था अहिले हामी सबैको मुलघरको रुपमा रुपान्तरित भएको छ । २०५८ साल भन्दा पहिले जिल्लाबाट काठमाडौँ आई बसोबास गर्नेको संख्या कम थियो। काठमाडौँ दिन प्रति दिन गाउलेहरुको उपचार,शिक्षा तथा रोजगारीको गन्तब्य साथै विदेश जान आउनको लागी एक मुख्य केन्द्र बन्न पुग्यो। हाम्रो समाजको संस्थापक तथा सामाजिक अभियन्ताहरुको भनाइलाई आधार मान्ने हो भने सुरु सुरुमा कोही केही कारण बस बिरामी पर्यो, उपचारको लागी गाउबाट काठमाडौँ सम्म आउनु पर्यो भने थप जानकारी तथा सहजताको भूमिकामा आफ़न्तजन तथा चिनजानको ठुलो खाचो थियो। कोही मर्यो मलामी जान पर्यो भने पनि ठुलो समस्या पर्ने गर्दथियो। कोही कोही केही भयो भने आफ़न्त, चिने जानेको, बुझेको कोहि नहुदा विभिन्न सिलसिलामा जिल्लाबाट काठमाडौँ आउदा धेरै दु:ख बेहोर्नु पर्ने देखिएकोले हाम्रो समुदायको लागी हामी संगठित हुनु जरुरी रहेको अग्रजहरुको वास्तविक बुझाई रहेको थियो। फलस्वरूप हाम्रो समाज गठन भएको हो र जिल्ला बासी गुरुङहरुको काठमाडौँ बसाई अवधीमा काही केही भब्य तब्य पर्दा कोही आफ़न्त नभएको एक्लो महसुश गर्नु पर्ने अवस्था त्यस पश्चात नरहेको पाउन सकिन्छ। बिशेस गरी काठमाडौँ, ललितपुर, भक्तपुर उपत्यका भरि अस्थाई तथा स्थाई रुपमा बसोबास गरि रहनु हुने सबै गुरुङहरु जो संखुवासभा जिल्ला बाट आउनु भएको हो यस संस्थाको मुख्य सदस्यको रुपमा गणना हुने गर्दछ। अहिलेको जनगणनालाई आधार मान्ने हो भने पनि हाम्रो समुदाय ठुलो संख्यामा अस्थाई तथा स्थाई रुपमा बसोबश गरि रहेको छन् । यो संख्या बढ्ने क्रम निरन्तर देखिएको हुदा हाम्रो समाजको संस्थामा सरल र सहज तरिकाले सबैलाई जोड्नु, आबद्ध हुने वातावरण सहजतामा सरलीकरण गराउनु पर्ने हुन्छ र सबैको सहजतामा सबैले ध्यान दिनु पर्ने रहेको छ। समय र नयानया प्रविधिको प्रयोग गरेर भए पनि हामीहरु सधै सगै रहनु पर्ने हुन्छन् । यसैलाई आधार मानी समाजको थप हित साथै प्रचार प्रसारमा सरलताको लागी वेबपेज संचालनमा आएको छ। सुरु देखीनै संस्थाले गर्दै आएको हरेक कार्यक्रमहरुको बिबरण, संस्थामा रहेर योगदान गर्नु हुने सदस्यहरुको कार्यकाल र कार्य अबधिको बिबरण, गरिएको र गर्दै आएको कार्यक्रम र गर्नु पर्ने कार्य योजनाको विवरणहरु सजिलै बुझ्नको लागी २०६९ देखि सुचनाको आधारको रुपमा www.sankhuwasabhatamusamaj.org.np वेबपेज संचालनमा रहेको छ l आवश्यकता अनुसार हरेक बिषयबस्तुहरुको जानकारी यसैको माध्यमबाट लिने गरिएको छ साथै यो पेज मार्फत समुदाय भित्रको ब्यापारी सदस्यहरुले आफ्नो ब्यबसाय सम्बन्धि स-सुल्क बिज्ञापनहरु राख्न सकिने सुबिधा भएको हुदा पाउन सकिने सुबिधामा पनि सबैले चासो राख्न सकिने छन्। प्राय आफ्नो काम गरेर बचेको सानोतिनो समय आफ्नो समाजलाई पनि दिन सकिने भएको हुदा हामी सबै संस्था र समाज पर्ति विश्वको जुनसुकै स्थानमा रहेता पनि तन, मन, बचन र धन कुनै न कुनै चिजको आधारमा संस्थामा आबद्ध भएर रहन सकिने छ।

                    धन्यवाद l जय गुरुङ, जय संखुवासभा,