निर्मार्णधिन काठमाडौँ उपत्यका गुम्बामा भगवानको मुर्ति राखेर उत्घाटन सम्पन्न !

काठमाडौँ उपत्यका गुम्बा निर्माण कार्यक्रम बिगत लामोसमय देखि सुरु भै आएको हो I निर्माण कार्य संगसगै बिबिध कारण लामो समय निर्माण कार्यले गति लिन सकेको थिएन I यस्तै अबस्थामा यो निर्माण कार्यलाई छाड्ने हो भने उपत्यका गुम्बा तमु सेवा कागजमा मात्र सिमित रहने आबस्था देखेकोले काठमाडौँ उपत्यका गुम्बाका प्रमुख सल्लाकार आगम बा. गुरुङ लगायत धेरै सल्लाकारहरुको सल्ला र सुजाब अनुसार संखुवा सभा तमु समाज सेवा समितिले निर्माण कार्यमा सहयोग गर्नु पर्छ जसको कारण ढिलाई भएपनि निर्माण कार्यले गति लिन सकोस I यदि जग बसाल्न समाजले राम्रो भूमिका सहयोग निर्भा गर्नु सके कालान्तर सम्म समाजले पाउने सेवा सुबिधाहरुको पनि सुनिश्चित गर्न सकिने जस्ता सहकार्यमा पुन गुम्बा भवन निर्माण सुरु भएको हो I संखुवा सभा तमु समाज सेवा समितिको अगुवाइमा निर्माण कार्य सुरुवात संगसगै समाज र गुम्बा समितिको यो महान कार्यमा समाजसेबी सबै दाताहरु जो देश विदेशमा रहेर बृहत आर्थिक सहयोग गर्नु भएको कारण आज एक समाज भवन तथा गुम्बा निर्माण गर्न सफल भएको छ I

आज मिति २०७४ / ०१ / १८ मा योही समाज भवन तथा गुम्बाको दोश्रो तलामा बुद्धको मुर्ति, गुरुरिम्पोछे, लोकेशोर भगुवनको मुर्ति राखी प्रमुख धर्म गुरुहरुको उपस्थितिमा पाठ पूजागरी मुर्ति उत्घाटन गरिएको छ I भवन निर्माणको क्रमहरु पुरा गर्न आझै केहि समय लाग्ने भएको र निर्माण कार्यक्रम पुरा हुदै गर्दा निर्माण कार्यमा सरिक हुनुभएका सहयोगी दाताहरु, आर्थिक सहयोगी दाताहरुको नाम ठेगाना र सहयोग गर्नु भएका दान रकमहरु सिलालेखमा लेखि समाज तथा गुम्बा भवन उत्घाटन गर्ने योजना रहेको छ I समाज तथा गुम्बा भवन निर्माण कार्य पुरा हुदै गर्दा भगुवनको मुर्तिहरु आवसेकता अनुसार ब्यबस्था गर्नुपर्ने हुन्छ जसको लागत केहि खर्चिलो हुन आउछ I तर हामी ब्यबस्थापन समितिहरुलाई हाम्रा सहयोगी दाताहरुले एक बाट अर्को गर्दै सहयोग गर्दै आइरहनु भएकामा मादी संखुवा सभा हाल ज्ञ्नेशोर काठमाडौँ बस्नु हुने सुनमाया गुरुङ ज्यु र परिवार जनहरु मार्फत भगुवन बुद्धको मुर्ति सहयोग गर्नु भएको छ भने नुनढाकी संखुवा सभा हाल धरान १० निबासी कर्ण माया गुरुङ ज्यु र सहपरिवार जनहरु मार्फत भगुवन गुरुरिम्पोछे र लोकेशोरको मुर्ति सहयोग गर्नु भएको छ I सबै सहयोगी दाताहरुलाई समाज भवन तथा गुम्बा उत्घाटन हुदै गर्दा सम्मान सहित धन्यवाद दिने जानकारी गुम्बा ब्यबस्थापन समितिले जानकारी गराएको छ I