सबै कार्यसमितिको पदाधिकारी ज्युहरु साथै सदस्य ज्युहरुमा नमस्कार छ्यजालो !
यहि आउदो शनिबार फाल्गुन १२ गते ठिक ११ बजे समाजको महत्वपूर्ण एजेन्डाहरु माथी बिशेष छलफल गरि कार्यन्वयनको लागी योजना अगाडी बढाई संस्थाको कामकार्वाही चुस्त दुरुस्त गर्नु पर्ने भएको हुदा तपाईहरु सबैलाई अनिवार्य रुपमा संस्थाको कार्यालय बानेश्वरमा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु |
बैठकको एजेण्डाहरु :-
१) समाजको क्यालेन्डर छपाउने सम्बन्धमा (कुशुम गुरुङ)
२) संस्थागत हाईकिंग (पदयात्रा) गराउने सम्बन्धमा (मन्दिप गुरुङ )
३) संस्थाको समाज घर(भवन) खरिदको लागी आर्थिक संकलन सम्बन्धमा
४) संस्थाको खर्च हिसाबकिताब सम्बन्धमा (कोषाधक्ष्य ज्युले तयारी गर्नु होला)
५) गुम्बाको साधारण सभा सम्बन्धमा समाजको जिम्मेवारी
६) समाजको बनभोज सम्बन्धमा (चक्र गुरुङ + इन्द्र बहादुर गुरुङ )
७) विवध सम्बन्धमा
नोट :- सबै पदाधिकारी ज्युहरु र सदस्य ज्यूहरुलाई माथिको एजेण्डाहरुको बारेमा छलफल गरि निर्णय गर्नु पर्ने भएको हुदा सबैले तयारी गरेर उपस्थित भईदिनु होला |