२०७० / ०७१ का कार्यक्रमहरु

(१) मिति २०७१/०५/२३ देखि २०७१/०५/२६ मा उपत्यका तमुसमाज गुम्बा समिति र संखुवा सभा तमुसमाज सेवा समिति काठमाडौँको संयोजकतामा नेयूनी बर्त कार्यक्रम गरेको थियो।  जसमा इलाम र पाचथर जिल्लाका काठमाडौँ बाशी गुरुङ आमाहरुको पनि सहभागिता रहेको थियो। ३ दिने कार्यक्रम रहेकोमा सुश्री भद्रा घलेको उपस्थितिमा समापन गरेको थियो l

(२) संखुवा सभा तमु समाजको १३ ऒ बार्षिक साधरण सभा यहि मिति २०७०/०४/११ गते तमु बौध सेवा समिती अनामनगर, काठमाडौँमा सम्पन भयो l उक्त सभामा प्रमुख अतिथि सुश्री भद्र कुमारी घले साथै विभिन्न तमु संघ संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो। उक्त सभामा संखुवा सभा जिल्ला हाल काठमाडौँमा रहेका ७५ वर्ष माथिका पाका बुबा तथा आमाहरुलाई दोसल्ला ओडाई सम्मान गर्नुका साथै २०६९ को S . L . C . मा उतिर्ण हुने भाई बहिनीहरुलाई पनि सम्मान गरियो l
उक्त सभामा संखुवा सभा तमु समाज सेवा समिती काठमाडौँको कोषा-ध्यक्ष  बाबुराम गुरुङले संस्थाको आय तथा व्यय पर्तिबेदन प्रस्तुत गर्नु भएको थियो। सभामा वि-भिन्न व्यक्तिहरुबाट संस्थाको लागि र निकट भबिस्यमा बन्न गैरहेको तमु गुम्बा सेवा समिति अनामनगर, काठमाडौँको लागि आर्थिक सहयोग प्राप्ती हुन थाल्यो l सहयोग गर्नु हुने सबैलाई यस संस्थाले उच्च स्थानमा राखेको छ यसरीनै यहाहरुसंग  निकट भबिस्यमा पनि निरन्तर सहयोगको लागि अनुरोध गर्दछ।  उक्त कार्यक्रममा युवा समूह र आमा समूहबाट विभिन्न नाच गानहरु प्रस्तुत गर्नु भएको थियो भने खाजा पानीको राम्रो बन्दोबस्ती आमा समुहले ब्यबस्थापन गरि धन्यबादको पात्र बन्नु भएको छ। 
धन्यवाद।।। 
संखुवा सभा तमु समाज सेवा समिती काठमाडौँ 
सुकेधारा, काठमाडौँ