संखुवा सभा तमु समाज सेवा समिति काठमाडौँ को १० औ अधिबेसन २०७७ को श्रावण महिनामा हुनु पर्ने थियो तर विश्व महामारी कोभिट -१९ को कारण कुनै कार्यक्रमहरु हुनु सकेन । समय अनुकुल केहि सहज आबस्था आए पश्चात २०७७ को माघ १० गते एक भब्य कार्यक्रम गरी १० औ कार्यसमितिको सर्बसम्मत चयन गरिएको छ । बाबुराम गुरुङको अध्यक्षतामा १५ जना पदाधिकारी तथा सदस्यहरु रहनु भएको छ । यस समितिको कार्य अबधी २ बर्षको रहने छ । जुन समय २०७७ श्रावण देखि २०७९ अषार मसान्त सम्म पर्दछ ।
हरेक बर्ष श्रावणको ९ गते वा श्रावणको पहिलो हप्ता संस्थाको साधार सभा तथा अधिबेसन हुने गर्दछ । कार्यसमिती पदधिकारी तथा सदस्य हरुको थप जानकारीको लागी यसै पेजको दाया माथि रहेको मेम्बरस शीर्षक भित्र गएर २०७७ देखी २०७९ को शीर्षकमा हेर्नु सकिने छ । यसै गरी पूर्व कार्य समिती , सल्लाकार्, आजिबन सदसय्, साधारण सदस्य तथा संस्थापक सदस्य हरुको पूर्ण जानकारी लिन सकिने छ ।