संखुवासभा तमु समाज सेवासमिति काठमाडौंले हाम्रो घर "समाज घर"को नयाँ अवधारणा लिएर समाज घरको लागि हरेक संखुवासभाली तमू समुदाय भित्रको आदर्णीय व्यक्ति, व्यक्तित्वहरुलाई जोड्ने र कोष बृद्दी हुने र सबैमा एक किसिमको संस्था प्रति सम्बन्ध रहने कुरालाई जोडदार रुपमा प्रकट गरेका छन्, यस अवधारणामा जोडिए पश्चात सम्बन्धित आजीवन सदस्यले के पाउने संस्था बाट भन्ने कुरालाई गहन रुपमा जानकारी गराउन चाहान्छौ, आजीवन सदस्य बन्नु भए पछी, सबन्धित सदस्य र वहाको परिवार(श्रीमान् र श्रीमती)लाई जीवनको अन्त्यमा संस्थाले सदस्यलाई अन्तिम समवेदना सहित फुलको गुच्छा र परिवारलाई १०,०००|- दश हजार नगद सहित उपस्थित हुनेछ र उक्त सहयोग रकम लिने वा नलिने भन्ने अधिकार पारिवारमा निहित रहने छ | तर संस्था उपस्थित हुने सवालमा कोहि पनि सदस्य काठमाडौंमा नै अन्तिम अन्त्येष्टी रहेको खण्डमा यो लागु हुनेछ, अन्यथा आफन्तको समन्वयमा संस्था उपस्थित भएर उक्त सहयोग रकम र फुलको गुच्छा आफन्तलाई हस्तान्तरण गरिनेछ, जिल्लाबासी सबै तमु (गुरुङ) समुदायमा आजिवन सदस्यता वितरण कार्य भैईरहेको सबैमा जानकारी गराउदछौ | आजिबन सदस्यताको लागी तोकिएको शुल्क माथी आफ्नो ईच्छाशक्तिले थपेर दिनु हुन्छ भन्ने आशा गर्दै धेरै भन्दा धेरै आजीवन सदस्यता लिएर यो हाम्रो समाज घर ब्यवस्थापनको लागी कोष बृद्दि गर्ने अभियानमा रहेको छ र यो कार्य निरन्तर रुपमा वितरण भैईरहने छ भन्दै सबैमा जानकारी गराउदछौ |