राम्रो पत्र पत्रिका तथा लेख रचना प्रकाशन गर्नको लागी पत्रकारिता तथा प्रकाशन क्षेत्रमा राम्रो ज्ञान तथा अनुभब भएको ब्यक्ति तथा समुहको आवसेक्ता पर्दछ। सखुवासभा तमु समाज सेवा समिती , काठमाडौँले संस्था स्थापनाकाल देखिनै अरुण सुसेली मुख पत्र मार्फत संस्थाले गरेको बार्षिक कार्यप्रगती तथा कर्ययोजनाहरुको आय व्यय लगायत राम्रो लेख रचना , शुभकामनाहरु प्रकाशन गर्दै आएको छ।
अरुण सुसेली प्रकाशन उप-समितिको सम्पादकहरुमा अंक १ देखी अंक १९ औ सम्म संस्थापक सचिब अधिबक्ता भाबिश्वोर गुरुङ , संस्थापक सदस्य मनिराज गुरुङ ,पुर्व कार्यसमिती सचिब चक्र गुरुङ, पुर्व कार्यसमिती सदस्य मचिन्द्र गुरुङ, अरुण सुसेली छात्रा बृती कोष ब्यबस्थापन संयोजक कर्ण घले लगायत सबै सल्लाहाकार, पदाधिकारी तथा सदस्यहरुको निरन्तर साथ र सहयोगले प्रकाशित हुदै आएको छ। अरुण सुसेली अंक १ को सम्पादन अ. भबिश्वोर गुरुङ र मनिराज गुरुङले गर्नु भएको थियो भने अंक २ संस्थापक सदस्य मनिराज गुरुङले गर्नु भएको हो। ...... बर्ष १९ अंक १८ मा # कालापानी लिपू लेकलाई भारत किन... ? # संखुवासभाको राजनीतिमा अगाडी बढ्दै गुरुङ र बर्ष २० अंक १९ मा # तमु ल्होछार थांसो फाल्ने, स्यो कै खाने, # नेपाल र चीनको सम्बन्ध, संखुवासभाको ब्यापार र विकास, # संखुवासभाको पत्रकारिता बिगत देखि वर्तमानसम्मको बिषयहरुलाई ग्राहियता दिएको पाउन सकिन्छ।
जसरी अरुण निरन्तर बहाकिरहन्छ, दाया र बायाको अन्नागिन्ती भू-भागहरुलाई सिंचित गर्दै , मानिस, पशुपन्क्षी तथा बनस्पतिहरुलाई जिबन बाड्दै एक अटल र अमर रहेर बग्दछ उसरिनै अरुण सुसेली पनि हाम्रो समुदाय बिच निरन्तर प्रकाशित भैरहने छ। हाम्रो समुदाय भित्र गरिब जेहन्दार छात्रा जो उच्च शिक्षा प्राप्तिको लागी योग्य छ। समाज र समुदाय प्रती राम्रो झुकाब रहेको छ या हुनु सक्दछ। उहाको अविभावक तथा समाज भित्र रहेर संस्थालाई योगदान दिआएकोहरुको सिफारिश र छात्राको पारिवारिक अवस्था , चारित्रिक पत्रहरुको आधारमा छात्रा बृती कोषमा भएको रकमबाट प्राप्ति ब्याज रकमको अवस्था र छात्राको आवसेक्ताको आधारमा मुल्समिती संग छलफल गरी निर्णय पश्चात दिन सकिने योजना रहेको छ।
संखुवासभा तमु समाज सेवा समिति काठमाडौं
देबिनगर -१०, बानेश्वर काठमाण्डौ
+977-9766894556
sankhuwasabhatamusamaj.org.np